काठमाडौँ, २१ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।शाह र प्रचण्डबीच शनिबार बिहान खुमलटारमा भेट भएको हो।प्रचण्डलाई भेट्न शाह खुमलटार पुगेका हुन्।
शाह निर्वाचित भएपछि विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता गरिरहेका छन्।उनी मतगणना सकिनेबित्तिकै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका थिए।शपथ ग्रहणपछि शाहले पहिलो भेट प्रधानसेनापति प्रभुराम शर्मालाई भेट गरेका थिए।
बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका शाह आज अध्यक्ष प्रचण्डसँग भेट गरेका हुन्। सबै राजनीतिक दलका शीर्ष नेताहरुसँगको समन्वयमा आफू अघि बढ्ने शाहले बताएका छन्।