धनगढी, २० जेठ/जिल्ला समन्वय समितिको निर्वाचनका लागि एमाले, माओवादी र नागरिक उन्मुक्ती पार्टी बिच गठबन्धन सहमति भएको छ । कैलालीको जिससमा प्रमुख नागरिक उन्मुक्ती, उपप्रमुख एमाले र चार सदस्य माओवादी लिने सहमति भएको छ । यो संगै समन्वय समितिको निर्वाचनमा गठबन्धनमा जाने भएका हुन् ।
एमाले र माओवादी मिलेर नागरिक उन्मुक्ती पार्टीको नेतृत्व दिने सहमति भएको छ । एमाले र माओवादीसंगको सहकार्यमा रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्तीले जिसस प्रमुख पाउने भएको हो । प्रमुखसंगै नागरिकले थप दुई सदस्य लिने सहमति र भएको छ । यस्तै एमालले उपप्रमुख र एक सदस्य पाउने सहमति भएको एमाले कैलालीका सचिव डेजी पाण्डेयले बताए । यस्तै माओवादीले चार जना समन्वय समितिका सदस्य पाउने भएको छ । १३ स्थानीय तह रहेको कैलालीमा जिसस बनाउन १४ जना प्रमुखरउपप्रमुख आवश्यक हुन्छ ।
नागरिक उन्मुक्ती, एमाले र माओवादी मिल्दा १६ जना पुग्छन् ।। कैलालीमा नागरिक उन्मुक्तीले चार प्रमुख र तीन उपप्रमुख जितेको छ । एमालेले दुई प्रमुख र तीन उपप्रमुख जितेको छ । यस्तै माओवादीले दुई प्रमुख र दुई उपप्रमुख जितेको छ । यस्तै गरेर काँग्रेसले तीन प्रमुख र पाँच उपप्रमुख जितेको छ । यस्तै एकीकृत समाजवादी र स्वतन्त्रले १ र १ प्रमुख जितेको छन् । कैलालीमा काँग्रेस, माओवादी र समाजवादी मिलेर स्थानीय तह चुनाव लडेका थिए । कैलालीमा यसअघि एमालेले प्रमुख, उपप्रमुख र बहुमत सदस्यसहित जिसस बनाएको छ ।
