धनगढी,१९जेठ ।सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक बिकास मन्त्री गोबिन्द राज बोहराले शिक्षा देश बिकासको मेरोदण्ड भएको बताएका छन् । डडेल्धुरा जिल्लाको अमरगढी ५ स्थित महेन्द्र माद्यामिक बिद्यालयको ६६ औँ वार्षिकोत्सब तथा अभिभावक दिवसमा बोल्दै सामाजिक मन्त्री बोहराले सो कुरा बताएका हुन् ।
व्यक्तिको व्यवहारलाई अनुकरणिय र आर्दश बनाउने, मानवता र नैतिकताको प्रस्फुटन गराउने, इच्छानुरुपको प्रतिभा विकासमा शिक्षाले नै मद्त गर्ने भएकोले देश बिकासको मुख्य आधार नै शिक्षा भएको मन्त्री बोहराले बताए ।
शिक्षित समुदायमा असल खराब छुट्याउन सक्ने विवेक प्रदान गर्ने र सहि अनुसार निर्णय लिन सक्ने क्षमता भएकोले शिक्षा समाजको लागि महत्वपुर्ण रहेको उनको भनाई छ ।
वार्षिकोत्सब समारोहमा बोल्दै मन्त्री बोहराले सुदूरपश्चिम प्रदेश सरकारको समाजिक बिकास मन्त्रालयले शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्न योजनाबद्ध ढंगबाट अघि बढिरहेको बताए ।
समारोहमा बोल्दै मन्त्री बोहराले शिक्षा र स्वास्थ्य क्षेत्रको बिकासलाई आफुले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष खेमराज पाठकको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सब समारोहमा मन्त्री बोहरा प्रमुख अतिथि रहेका थिए ।