काठमाडौँ, १७ जेठ । सर्वोच्च अदालतमा प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा विवादबारे अन्तिम सुनुवाई आजबाट सुरु हुँदै छ।गत २२ बैशाखमा न्यायाधीश शुष्मातला माथेमाको एकल इजलासले मुद्धाको अन्तिम सुनुवाई १७ गते गर्ने आदेश दिएको थियो।
माथेमाको इजलासले लिखित जवाफ माग गर्दै अन्तरिम जारी गर्न अस्वीकार गरेको थियो।तोकिएको दिनमा नै अन्तिम सुनुवाइ गरिने र सो मिति सार्न नपाइने अदालतको आदेशमा उल्लेख थियो।सोही अनुसार मंगलबारदेखि अन्तिम सुनुवाइ हुन लागेको हो।
सरकारले पहिलो वरीयतामा रहेका एआईजी विश्वराज पोखरेललाई प्रहरी प्रमुख नबनाई तेस्रो नम्बरमा रहेका धीरजप्रताप सिंहलाई बनाएपछि यो विवाद सर्वोच्च पुगेको थियो।
