काठमाडौँ, १६ जेठ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले शपथ लिएका छन्। उनलाई मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले शपथ खुवाएका हुन्।
राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रमका बीच शाहले शपथ लिएका हुन्।शपथ ग्रहणअघि निर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गरिएको थियो।