काठमाडौं, १५ जेठ । आज बिहादेखि हराइरहेको तारा एअरको विमान जलेको अवस्थामा फेला परेको छ।बिहान पोखराबाट मुस्ताङका लाग उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान उडान भरेको १२ मिनेटपछि सम्पर्कविहीन भएको थियो। उक्त विमान जलिरहेको फेला परेको नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठले जानकारी दिएका हुन्।
उनका अनुसार मुस्ताङ जिल्लाको थासाङ गाउँपालिकाको–२ लारीकोटभन्दा माथिल्लो क्षेत्र लाङ्चिगोलामा जहाज जलिरहेको अवस्थामा फेला परेको छ। खराब मौसमका कारण जहाजको खोजीमा समस्या आइरहेको थियो।
आइतबार बिहान ९ः५५ बजे जोमसोमका लागि १९ यात्रु र तीन चालक दलका सदस्यसहित उडेको उक्त जहाज अन्तिम पटक जोमसोम टावरसँग १०ः७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएपछि बेपत्ता भएको थियो।
