• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

तारा एयरको जहाज भन्दै भारतीय हेलिकोप्टरको फोटो भाइरल !

काठमाडौँ, १५ जेठ । आइतवार बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज अहिलेसम्म बेपत्ता छ।मुस्ताङको शिखा पुगेर अन्तिम सम्पर्क भएको जहाज त्यसपछि बेपत्ता भएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ।

जहाज बेपत्ता भएको तीन घण्टा बितिसक्दा पनि अहिलेसम्म अवस्था पत्ता लागेको छ। प्राधिकरण र ताराको मूल संस्था यति एयरलाइन्सले पनि जहाजको अवस्था अज्ञात नै रहेको जनाएको छ।

तर यसबीचमा मुस्ताङमा ताराको जहाज दुर्घटनामा परेको भन्दै सामाजिक सञ्जालमा एउटा फोटो भाइरल बनाइयो।जहाज बेपत्ता भएको क्षेत्रमा मानिसहरु पैदलबाट र जोमसोमबाट हेलिकोप्टर समेत जान नसकेको अवस्थामा एकाएक भाइरल भएको उक्त फोटोले स्तब्ध बनायो।

बेपत्ता जहाज र त्यसमा सवार चालक दलका तीनसहित २२ जना सकुशल भेटियुन् भन्ने कामना भइरहेका बेला उक्त तस्बिर एकाएक भाइरल हुन पुगेको हो।सामाजिक सञ्जाल फेसबुकमा एकाएक भाइरल भएको त्यो तस्बिर नेपालमा भएका कुनै हवाई दुर्घटनासँग सम्बन्धित थिएन।

सामाजिक सञ्जालका प्रयोगकर्ताले घटनाको वास्तविकतासम्म पुग्दै नपुगी मुस्ताङमा ताराको जहाज दुर्घटना भन्दै भाइरल बनाइएको त्यो तस्बिर थियो भारतको।

भारतका चिफ अफ डिफेन्स स्टाफ तथा भारतीय सेनाका पूर्व प्रमुख विपिन रावत सवार उक्त हेलिकोप्टर गत मंसिर २२ गते दुर्घटनामा परेको थियो।

उक्त हेलिकोप्टर तमिलनाडुको कुन्नुरमा दुर्घटनाग्रस्त हुँदा रावतसहित १४ जनाभन्दा धेरैले ज्यान गुमाएका थिए। अत्याधुनिक सुरक्षाप्रणालीसहितको उक्त हेलिकोप्टर दुर्घटनाका कयौँ प्रश्न अझै अनुत्तरित रहेका छन्।

उक्त हेलिकोप्टर दुर्घटनाको फोटोलाई ताराको जहाजको फोटो भन्दै भाइरल बनाइरहँदा मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले दुर्घटनाबारे अझै पुष्टि नभएको बताएका छन्।

जहाज हराएको भनिएको अन्तिम विन्दुलाई केन्द्रित गरेर जोमसोमबाट हेलिकोप्टर पठाउन खोजिए पनि खराब मौसमले सम्भव नभएको बताएका छन्।

 

आइतबार, जेठ १५, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.