धनगढी, ११ जेठ/सामाजिक सुरक्षाभत्ता बुझ्न भएका एक बृद्धको मृत्यु भएको छ । कैलाली धनगढी १८ फूलवारीका ७४ बर्षिय गुलिराम चौधरीको मृत्यु भएको हो । भत्ता बुझ्न धनगढी उपमहानगरपालिका १८को वडा कार्यलय पुगेका चौधरी एकाएक ढलेपछि उपचारका लागि धनगढी लैजादै गर्दा बाटोमै मृत्यु भएको जनाईएको छ ।
उनको सामाजिक सुरक्षा बुझ्न लाईनमा बसेका बेला एकाएक ढलेका थिए । उनी दम र सुगर रोगको पिडित रहेको धनगढी १८का वडा अध्यक्ष भुवन रिजालले जानकारी दिए ।