पुनर्वास ११ जेठ/कंचनपुरको पुनर्वास नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुले शपथ ग्रहण गरेका छन् ।बुधबार निर्वाचन अधिकृतको कार्यालय पुनर्वासको आयोजनामा नगरपालिकाको सभाहलमा आयोजित शपथ ग्रहण तथा शुभकामना आदानप्रदान कार्यक्रममा उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यहरुले शपथ ग्रहण गरेका हुन् ।
कार्यक्रममा नगर प्रमुख तोयप्रशाद शर्माले उममेयर भुलिया राना र अन्य सम्पुर्ण नव निर्वाचित जनप्रतिनिधिहरुलाई शपथ ग्रहण गराएका थिए । शपथ ग्रहण पश्चात सबै जनप्रतिनिधिहरुले बुधबार आआफ्नो पदभार ग्रहण गर्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।