धनगढी, १० जेठ/नेपाली काँग्रेसले नपत्यार टिकट नदिएका पुनर्वास नगरपालिकामा एक वडा अध्यक्ष स्वतन्त्र निर्वाचनमा लडेर जनताले जिताएका छन् । उनले आफु मात्रै नभएर पुरै पाँच जना टिम स्वतन्त्र उठाएर प्यानललै जिताएका छन् ।
सबै वडाध्यक्ष र वडा सदस्य पदमा स्वतन्त्रका उम्मेदवार निर्वाचित भएका हुन् । २०७४को स्थानीय निर्वाचनमा पनि वडा अध्यक्षमा निर्वाचित भएका थिए । राना वडाध्यक्षमा श्रवण राना ८१८ मतसहित विजयी भए भए । नेपाली कांग्रेसका उम्मेदवार परि रावलले ४५८ मत पाउँदा एमालेले ३३२ मत पाए । महिला सदस्यामा देवी कार्की ६३२, दलित महिला सदस्यमा लक्ष्मी सुनार ६७१, सदस्यमा दिपेश मल्ल ६६४ र दुलेराम राना ६१३ मत ल्याएर निर्वाचित भए । उनीहरुले गुलाबको फूल चुनाव चिह्न लिएर चुनाव भाग लिएका थिए ।स्वतन्त्र उम्मेदबारलाई जनताले मत मात्रै दिएनन् आर्थिक संकलन गरेर चुनावी खर्च पनि दिएका थिए ।
‘मलाई जनताले मत मात्रै होईन आर्थिक संकलन गरेर चुनावी खर्च दिए’ नवनिर्वाचित अध्यक्ष रानाले भने–‘दुई देखी १० हजार सम्म आर्थिक सहयोग गरेका छन् ।’ वडामा राम्रो काम गरेपनि मलाई काँग्रेसले टिकट नदिएको उनको आरोप छ ।
भिडियो