सर्लाही ,१० जेठ। सर्लाहीमा प्रमुख प्रशासकीय अधिकृतकी वडाध्यक्ष बनेकी छिन् ।सर्लाहीको बरहथवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम नरेश रामकी श्रीमती शर्मिला कुमारी राम वडाध्यक्ष बनेकी हुन् ।
बरहथवा नगरपालिका १० नम्बर वडाध्यक्षमा राम विजयी भएकी हुन् ।बहुजन एकता पार्टी नेपालको तर्फबाट वडाध्यक्षको उम्मेदवार बनेकी ३२ वर्षीया शर्मिला कुमारी राम विजयी भएकी हुन् ।
निर्वाचित शर्मिलाले ६०६ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ५४ वर्षीय सत्यनारायण सिंहले ३३३ मत मात्र पाए ।यस्तै माओवादीका रामजतन महतोले ३ सय ३१ ल्याएका थिए ।