काठमाडौँ, १० जेठ । स्थानीय तह निर्वाचन–०७९ को मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ। देशभरका ७५३ स्थानिय तहमध्ये १२ तहको मतपरिणाम आउन बाँकी छ।प्रदेश १ मा २ वटा स्थानीय तहमा मतगणना जारी छ। उदयपुरको त्रियुगा र कटारी नगरपालिकाको अन्तिम मतपरिणाम आउन बाँकी छ।
मधेश प्रदेशका ४ तहको मतपरिणाम सार्वजनिक हुन बाँकी छ। बाराको पचरौता नगरपालिकाको अन्तिम मतपरिणाम आउन बाँकी छ भने रौतहटको गरुडा र गढीमाई र फतुवा(विजयपुर नगरपालिकाको मतपरिणाम आउन बाँकी छ।
बागमती प्रदेशमा २ तहको मतपरिणाम आउन बाँकी छ। काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक हुन बाँकी छ।गण्डकी प्रदेशका सबै स्थानिय तहको अन्तिम मतपरिणाम आइसकेको छ। गण्डकी प्रदेशमा सबै तहको मतपरिणाम आइसकेको छ।
लुम्बिनी प्रदेशमा ३ तहको अन्तिम मतपरिणाम आउन बाँकी छ। दाङको तुल्सीपुर उपमहानगरपालिका, कपिलवस्तुको महाराजगन्ज नगरपालिका र रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मतपरिणाम आउन बाँकी छ।
कर्णाली प्रदेशका सबै स्थानिय तहको अन्तिम मतपरिणाम आइसकेको छ।सुदूरपश्चिम प्रदेशको १ तहमा मतपरिणाम आउन बाँकी छ। बाजुराको बूढीगंगा नगरपालिकामा विवाद भएपछि अहिलेसम्म मतगणना हुन सकेको छैन्।
यी हुन बाँकी १२ स्थानीय तह स्
१० त्रियुगा नगरपालिका, उदयपुर
२० कटारी नगरपालिका, उदयपुर
३० गरुडा नगरपालिका, रौतहट
४० गढीमाई नगरपालिका, रौतहट
५० फतुवा विजयपुर नगरपालिका, रौतहट
६० पचरौता नगरपालिका, बारा
७० काठमाडौं महानगरपालिका, काठमाडौं
७० ललितपुर महानगरपालिका, ललितपुर
९० तुल्सीपुर उपमहानगरपालिका, दाङ
१०० महाराजगन्ज नगरपालिका, कपिलवस्तु
११० तिलोत्तमा नगरपालिका, रुपन्देही
१२० बूढीगंगा नगरपालिका, बाजुरा