काठमाडौं, १० जेठ । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले ५० हजार मत कटाएका छन्। पछिल्लो मतगणनाअनुसार १ लाख ५० हजार ५१६ मत गन्दा साहले ५० हजार ३० मत सहित अग्रता कायमै राखेका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३० हजार ७६७ मत ल्याएकी छन्। साहले सिंहसँग १९ हजार २६३ मतको अग्रता कायम राखेका छन्। यस्तै नेकपा एमालेका केशव स्थापितले ३० हजार १५ मत ल्याएका छन्।