धनगढी, १० जेठ/कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयर, उपमेयरमा नेपाली काँग्रेसका निर्वाचित भएपछि बिजय र्याली नगर परिक्रमा गरेको छ । मेयर तेयाप्रशाद शर्मा र उपमेयरमा भुलिया राना निर्वाचित भएका छन् ।
तोयप्रसाद शर्मा १० हजार ६ मत प्राप्त गर्द विजयी भएका हुन् उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पदमबहादुर पुजाराले ४६७४ मत प्राप्त गरेका थिए । त्यसैगरी उपमेयरमा पनि काँग्रेसकै भुलियाकुमारी राना विजयी भएकी हुन् । उनी ७३४५ मत प्राप्त गर्दै विजयी भएकी हन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका धोखे रानाले ५४९२ मत प्राप्त गरेका थिए । बिजय र्याली नगरका बिभिन्न वडामा पुगेको थियो । वडामा निर्वाचित मेयर उपमेयरलाई फुलमाला र अबिर लगाएर स्वागत गरेका थिए ।
बिजय र्यालीमा सबै नागरिकहरु जनस्तरबाट स्वागत गरेको बताउदै अब सबै नगरिकलाई राजनीतिक भन्दा पनि सेवामा आधारमा सबैको भावना समेट्ने गरी काम गर्ने उपमेयर भुलिया रानाले बताईन् ।
