काठमाडौं, ९ जेठ । सप्तरीको रुपनी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दिनेशकुमार यादवले आफ्नो विजयोत्सव मनाउन पालिकाभर सार्वजनिक बिदा दिएका छन् ।अध्यक्ष यादवले विजयोत्सवका लागि बिदा दिन सोमबार एउटा वक्तव्य जारी गर्दै निर्देशन दिएका हुन् ।
उनको आजै पद तथा गोपनीयताको शपथ ग्रहण हुने कार्यक्रम रहेको छ । शपथ ग्रहणपछि उनको विजयी र्याली हुनेछ ।अध्यक्षमा निर्वाचित भएका यादव लोकतान्त्रिक समाजवादी पार्टीका हुन् । यहाँ गाउँपालिका उपाध्यक्ष पनि लोसपाकै पुष्पाकुमारी श्रेष्ठ निर्वाचित भएकी छन्।