काठमाडौं, ९ जेठ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साह (बालेन)ले ४३ हजार ८५० मतसहित अग्रता फराकिलो बनाएका छन्। दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २५ हजार ९४४ मत पाउँदा नेकपा एमालेका केशव स्थापितले २५ हजार ५९ मत पाएका छन्।
सिर्जना केशव भन्दा ८८५ मत अन्तरले अगाडि छिन्। बालेनले सिर्जनालाई १७ हजार ९०६ मतान्तरले पछि पारेका छन्। महानगरपालिकामा अब ६२ हजार ४९९ मत गन्न बाँकी छ।