काठमाडौँ, ७ जेठ । चितवनको भरतपुर महानगरपालिका प्रमुखमा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रतालाई थप बढाउँदै लगेकी छन्।अहिलेसम्म महानगरका १४ वटा वडाको मत गणना भइसकेको छ।
केही बेरअघि ७६ हजार ९५ मतगणनापछि सार्वजनिक पछिल्लो मतगणना अनुसार रेनुले २९ हजार ४ सय ७८ मत ल्याएकी छन्।नेकपा एमालेले विजय सुवेदीले २३ हजार ७ सय ४५ मत ल्याई रेनुलाई पछ्याइरहेका छन्। भरतपुरको प्रमुखमा रेनुको अग्रता ५ हजार ७ सय ३३ छ।
रेनुको बागी उम्मेदवार बनेका जगन्नाथ अधिकारीले १० हजार ३ सय ३४ मत ल्याएका छन्।अहिले वडा १५ र १६ को गणना भइरहेको छ। वडा १० देखि अग्रता बढाउँदै लगेकी रेनुले ११, १३ र १४ मा पुग्दा झन् बढाएकी हुन्।
यस्तै उपप्रमुखमा गठबन्धनका चित्रसेन अधिकारीले ३१ हजार ८ सय २४ मत ल्याएर अग्रता लिँदा एमाले(राप्रपाकी साझा उम्मेदवार हिमला गुरुङले १८ हजार ४ सय १ मत ल्याइ पछ्याइरहेका छन्।