धनगढी, ६ जेठ/कैलाली लम्कीको मेयरमा काँग्रेसकी शाही विजयी कैलाली लम्की नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसकी शुशीला शाही विजयी भएकी छन्। उनी १२ हजार ७१३ मत ल्याएर प्रमुखमा विजयी भएकी हुन्।
उनका निकटतम प्रतिस्पर्धी एमालेका महादेव बजगाईले १० हजार ४३५ मत ल्याएका छन्। यस्तै उपप्रमुखमा एमालेकी जुना चौधरी विजयी भएकी छन्। उनले ११ हजार ७८ मत प्राप्त गर्दै विजयी भएकी हुन्। उनकी प्रतिस्पर्धी जानकी कुमारी शाहीले ८ हजार ३०८ मत ल्याएकी छन्।