धनगढी ६ जेठ/कैलालीको गौरीगंगामा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। प्रमुखमा माओवादी केन्द्रका देवीदत्त कँडेल र उप प्रमुखमा नेपाली काँग्रेसका भोज बहादुर बम विजयी भएका हुन्। शुक्रवार सम्पन्न मतगणना अनुसार १३ हजार ७ सय ९५ मत प्राप्त गर्दै कँडेल प्रमुखमा विजयी भएका छन्।
निकटतम प्रतिद्वन्द्वी एमालेका पदम सिंगालले ६ हजार ६ सय ३२ मत प्राप्त गरेका छन्। ७ हजार १ सय ६३ मतान्तरले कँडेल विजयी भएका छन्। यस्तै उपप्रमुखमा नेपाली काँग्रेसका भोज बहादुर बमले ११ हजार २ सय ८१ मत प्राप्त गर्दै विजयी भए।
उपप्रमुखमा एमालेका शान्ति देवी सिंहले ६ हजार ७ सय ४३ मत प्राप्त गरेका थिए। ४ हजार ५ सय ३८ मतको मतान्तरले बम विजयी भएका छन्। गौरीगङ्गामा २६ हजार ९ सय ८५ मत खसेको थियो।
