काठमाडौं ५ , जेठ । बालेन ११ हजार २०४ मतले लिड गर्दै
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरको उमेदवारीमा बालेन शाह एक पक्षीय रूपमा हाबी हुँदै गएका छन् । ५९ हजार ९७ मत गणना गर्दा बालेनले २३ हजार ५८४ मत पाएर लिड गरिरहेका छन् ।
यता नेकपा एमालेका उमेदवार केशव स्थापितले १२ हजार ३० मतले दोस्रो स्थानमा छ भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ११ हजार ४९९ मत पाउँदै तेस्रो स्थानमा छिन् । हाल वडा नं। ६, ७, , २७, २,२९, ३१ र ३२ को मत गणना भइरहेको छ ।