धनगढी, ५ जेठ/कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १७ को अध्यक्षमा नेपाली कांग्रेसका माधवराज राना निर्वाचित भएका छन्। उनी ९६६ मत ल्याउदै अध्यक्षमा विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका रामबहादुर चौधरीले ७४३ मत ल्याएका छन्। यस्तै नेकपा एमालेका दिपेन्द्र घर्तीमगरले २२७ मत र राप्रपाका रामदिन चौधरीले २४३ मत प्राप्त गरेका छन्।