धनगढी ५ जेठ/कञ्चनपुरस्थित बेदकोट नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ । एकालेलाई हराउँदै मेयरमा कांग्रेसका भोजराज बोहरा र उपमेयरमा तुलशी जोशी विजयी भएका हुन् ।
मेयरमा बोहराले ८ हजार ७८ मत प्राप्त गर्दा एमालेकी सुशिला सिंहले ४ हजार ७४० मत ल्याइन् । माओवादी र समाजवादी गठबन्धनका उमेदवार रामचन्द्र रेग्मीले ३ हजार ८९८ पाए । उपमेयरमा कांग्रेसकी तुलशी जोशी ७ हजार २५४ मत ल्याएर विजयी भइन् ।