धनगढी ४ जेठ/कैलालीको कैलारी गाउँपालिमा नेपाली काँग्रेसको अग्रता सँगै वडा नम्बर ७ मा नेपाली काँग्रेसका अध्यक्षका उम्मेदवार दिपेन्द्र बम अत्यधिक मतले आफ्नो प्यानल सहित विजयी भएका छन् ।
उनले १९२२ मत ल्याएर विजयी भएका हुन् । उनका निकतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका कमल चौधरीले १२५४ मत पाएका छन् ।
निर्वाचित भएसँगै उनले जनताको आधारभूत आवश्यकतालाई पहिलो प्राथामिकता दिने बताएका छन् । उनले गाउँपालिका भित्र शिक्षा, स्वास्थ्य, रोजगार सृजना लगायत किसानहरुका लागि विउविजन, मलखाद, धान गहुँको उचित मूल्य, नदी कटान तथा डुबानका समस्या नियन्त्रण, मुक्तकमैया तथा वर्षौ देखि ऐलानी जग्गा उपभोग गरिरहेका यहाँका स्थानीयलाई लालपूर्जा वितरण गर्ने लगायत आफ्नो पहिलो प्राथमिकता रहेको बताए । यसका साथै उनले गाउँपालिकालाई नगरपालिकामा रुपान्तरण गर्ने पनि आफ्नो पहल रहने बताए ।
गाउँपालिकामा यसअघि नेपाली काँग्रेसले वडा नम्बर १ धोजहरिपाल बोहरा, २ मा विकास चौधरी, ३ मा सन्तराम चौधरी र वडा नम्बर ४ मा ठागुराम चौधरी र ५ मा विष्णुप्रसाद चौधरी र वडा नम्बर ६ मा प्रेम चौधरीले आफ्नो प्यानल सहित विजयी भैसकेका छन् ।