धनगढी, ३ जेठ/सूदुरपश्चिमको एकमात्र उपमहानगरपालिका नेपाली काँग्रेसको तर्फबाट गठबन्धनका उम्मेदवार नृपबहादुर वडले लिड गरेका छन् ।
उपमहानगरपालिको धनगढी –१७ को प्रारभिक मत परिणममा स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई पछि पार्दै वडले लिड गरेका हुन् । सो वडामा ७ सय १ मत गणना हुँदा वडले २ सय ८६ मत प्राप्त गरेका छन् । यस्तै स्वतन्त्र उम्मेदवार हमालले १ सय ७९ मत प्राप्त गरेका छन् ।
यस्तै नेकपा एमालेका रणबहादुर चन्दले ४३ मत प्राप्त गरेका छन् । धनगढीका अन्य वडाहरुमा भने स्वतन्त्र उम्मेदवार हमाले नै लिड गर्दै आएका छन् ।