धनगढी, २ जेठ/अछामको ढकारी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उमेदवार विजयी भएका छन् ।
पालिका अध्यक्षमा कांग्रेसका प्रकाश बहादुर साउँद ३ हजार १८१ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका धर्म बहादुर शाहीले २ हजार ५५५ मत प्राप्त गरेको जिल्ला निवार्चन कार्यलयले जनाएको छ । नेकपा ९एकीकृत समाजवादी० का शेर बहादुर बुढाले १ हजार ५९० मत प्राप्त गरे ।
उपाध्यक्षमा नेपाली कांग्रेसकी नेत्रकला देवी शाही ३ हजार १०० मतसहित निर्वाचित भइन् । उनकी निकटतम् प्रतिस्पर्धी एमालेकी माया देवी बुढाले २ हजार ५७३ र नेकपा एकीकृत समाजवादी की देभकला चलाउने खत्री १ हजार ५७८ मत प्राप्त गरीन् ।