धनगढी, १ जेठ/कैलालीको गोदावरी नगरपालिका – ११ को वडा अध्यक्षमा स्वतन्त्रबाट चुनाव लडेका प्रेम सिह बडैलाले विजय हासिल गरेका छन । चुनावको मुखमा नेपाली कांगे्रसबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका बडैला फराकिलो मतान्तरले वडामा विजयी भएका हुन । काँग्रेसबाट भने उक्त वडामा उम्मेदबारी दिएको थिएन ।
गोदावरीमा तिन दलिय गठबन्धन गर्ने बहस चलिरहेका बेला वडा स्तरमा कांग्रेस एक्लै लड्नु पर्छ भन्ने अडान राख्दै आएका बडैलाले विरोध स्वरुप वडाको सिङ्गो समिति सहित राजीनामा दिएर चुनावमा होमिएको बडैला बताउदै आएका थिए ।
सोही आशंकाका बिच बडैलाले बैशाख १२ गते आफूले पार्टीबाट नभएर स्वतन्त्र उम्मेदवारी दिएको उनले बताए । उनको कांग्रेसलाई वडामा एक्लै चुनाव लड्नुपर्छ भनेर दवाव दिन पनि आफूले यस्तो कदम चालेको बताएका थिए । बडैला नेपाली कांग्रेस गोदावरी नगर समितिका उपाध्यक्ष समेत हुन ।
स्वतन्त्रमा लडेका बडैलाको मुख्य प्रतिद्धन्द्धीका रुपमा एकीकृत समाजवादीका शिव विक रहेका थिए । विक २०७४ मा वडामा अध्यक्षमा पनि विजयी भएका थिए । २०७९ को चुनावमा भने बडैलाले विकलाई ५०१ मतको अन्तरले पराजित गरेका छन । वडामा २ हजार १ सय ८४ मत मध्ये बडैलाले १ हजार ७९ मत ल्याएका छन । विकले भने ५६९ मत मात्रै ल्याउन सके । यस्तै उक्त वडामा नेकपा एमालेका भीम विकले ४ सय ४ मत पाएका छन् । वडामा एमालेका उम्मेदवार भीम विक तेस्रो भएका छन्। उनले ४०४ मत पाएका छन् ।