काठमाडौं, १ जेठ । काठमाडौं महानगरपालिकामा लौरो चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएका मेयरका उम्मेदवार बालेन्द्र साहले अग्रता कायमै राखेका छन्।
साहले आइतबार साढे १० बजेको मत परिणामअनुसार २२३८ मत प्राप्त गरेका छन् भने एमालेका केशव स्थापितले १२१९ मत प्राप्त गरेका छन्।यस्तै नेपाली काँग्रेसकी मेयरकी उम्मेदवार सिर्जना श्रेष्ठले १०८१ मत पाएकी छन्। हालसम्म ५ हजार ९८३ मत गणना भएको छ।