काठमाडौं, ३१ वैशाख । काठमाडौं महागरपालिकामा अहिलेसम्म ९०४ मत गनिसकिएको छ । वडा नम्बर १ को ४००, २ को १०० र ३२ को ४०४ गनिसक्दा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् ।
उनले २९८ मत प्राप्त गर्दा नेकपा एमालेका केशव स्थापितले १६१ मतले पछ्याइरहेका छन् । कांग्रेसकी सिर्जना संह १५९ मतका साथ तेस्रो स्थानमा छिन् ।त्यस्तै उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले ३९५ र नेकपा एसका रामेश्वर श्रेष्ठले ८७ मत प्राप्त गरेका छन् ।
भर्खरै ४ नम्बर वार्डको मत गणना सुरू गरिएको छ ।
