धनगढी, २६ वैशाख । नेपाली काँग्रेसको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेपछि राजनीतिमा निस्क्रिय रहेका पूर्व राज्यमन्त्री पुष्कर नाथ ओझामाथिको कारबाही फुकुवा हुने भएको छ ।
पार्टी सभापति देउवा ओझामाथिको कारबाही फुकुवा गर्न सकारात्मक देखिएका छन् ।धनगढीमा सोमवार आयोजित चुनावी सभामा ओझालाई मञ्चमा उपस्थित गराउने पार्टी सभापति देउवाको ईच्छा थियो । त्यसअघि नै उनीमाथिको कारबाही फुकुवा गर्ने सभापति देउवाको मुड थियो ।
यतिबेला सबै मनमुटाव र गुनासाहरुलाई बिर्सेर नेपाली काँग्रेस र गठबन्धनलाई बिजयी गराउनु सबै काँग्रेसी कार्यकर्ताहरुको जिम्मेवारी हो, उनले भने, पार्टी भित्र अन्यायमा परेका सबैमाथि न्याय हुन्छ । तर यो गुनासो गरेर बस्ने बेला होईन ।