धनगढी, २६ बैशाख ।नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा र पूर्व राज्य मन्त्री पुष्कर नाथ ओझाले एक अर्काको प्रशंसा गरेका छन् ।
पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएका ओझा र पार्टी सभापति देउवाबीच संवादहीनताको अन्त्यका लागि भएको छलफलका क्रममा दुबै जनाले एक अर्काको प्रशंसा गरेका हुन् ।
ओझाले पार्टी सभापति शेर बहादुर देउवा प्रति आफ्नो उच्च सम्मान रहेको बताउदै उहाँ प्रतिको श्रद्धा कारबाहीपछि पनि यथावत रहेको बताए ।
नेपाली काँग्रेसमा यतिबेला सबै भन्दा राम्रो नेता देउवा हो, उहाँ जत्तिको राम्रो नेता अर्को छैन, ओझाले भने, उहाँले नै मलाई साधारण सदस्य नरहने गरी कारबाही गर्नु भएको हो । फेरि पनि उहाँ मेरो श्रद्धेय नेता हो । उहाँ प्रतिको मेरो श्रद्धा र सम्मान अलिकति पनि कम भएको छैन ।
उहाँले आफू काँग्रेसको बिपक्षमा नजाने समेत प्रष्ट पारे । म कहिल्यै काँग्रेसको बिपक्षमा जादैन । म स्थानीय तहको निर्बाचनमा पनि काँग्रेसको बिपक्षमा जादैन । ओझाले भने, पार्टीको साधारण सदस्य नरहेपनि पनि म काँग्रेस हो ।
पार्टी सभापतिले जिम्मेवारी दिए पार्टीमा सक्रिय हुने उहाँको भनाई थियो ।
उनले ३० गतेपछि पार्टी सभापति देउवासंग भेटघाट र छलफल गर्ने बताए । उनले भने, उहाँले बोलाएको समय र स्थानमा म उहाँसंग भेटघाट र छलफलका लागि जान तयार छु ।
पार्टी सभापति देउवाले ओझा काँग्रेसकै सिनियर नेता भएको बताए । ओझा जस्तो क्षमता भएका काँग्रेसका धैरै कम नेता छन्, प्रधानमन्त्री देउवाले भने, ओझा त राष्ट्रिय स्तरको नेता हुन् । प्रधानमन्त्री देउवाले प्रजातन्त्र प्राप्तीका लागि नेपाली काँग्रेसले गरेका हरेक आन्दोलनमा ओझाले खेलेको भूमिका प्रशंसनीय भएको बताए ।