काठमाडौं, २६ वैेशाख । अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तह निर्वाचन प्रतिगामी र प्रगतिशील शक्तिहरुबीचको लडाइँ भएको भन्दै गठबन्धन पक्षधर उम्मेदवारहरुलाई विजयी गराउन अपिल गरेका छन् ।
शर्माले सोमबार विशेष अपिल जारी गर्दै वाम–लोकतान्त्रिक गठबन्धन पक्षधर शक्तिलाई बहुमतले विजयी बनाउन आग्रह गरेका हुन् ।
शर्माले न्यायालयबाट संसद पुनःस्थापना भएर मुलुक गम्भीर राजनीतिक दुर्घटनाबाट बचे पनि अझै प्रतिगमनकारी जोखिम सम्पूर्णरुपमा परास्त भइ नसकेको दाबी गरेका छन् ।उनले एमालेको नाम नलिइ संसद विघटन गर्ने शक्तिलाई परास्त गर्न आह्वान गरेका छन् ।