काठमाडौं, २२ वैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आवश्यक मतपत्र छपाईको काम सकिएको जनाएको छ ।मतपत्र छपाईको काम सकिएपनि ढुवानीको काम भने बाँकी छ । सबै जिल्लाहरुमा शुक्रबारसम्म मतपत्र पुग्ने आयोगले जनाएको छ ।
यस्तै आयोगले निर्वाचनमा खटाइएको कुनै पनि कर्मचारीले निर्वाचनको काममा खटिन इन्कार गरेमा कानून बमोजिम कडा कारवाही गर्न निर्देशन दिएको छ ।
कारबाहीको अधिकार मूख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई दिइएको छ ।आयोगले निर्वाचनका खटिएका कर्मचारीलाई अति जरुरी, मानवीय र संवेदशील कारणसहित उपर्युक्त कारण परेको अवस्थामा बाहेक अब कार्यक्षेत्र फेरबदल नगर्न नगराउन पनि निर्देशन दिएको छ ।