टीकापुर, २१ वैशाख । स्थानीय तह निर्वाचन अन्तरगत टीकापुरमा गठबन्धनमा हरेका दलले स्थानीय प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । बुधबार टीकापुरमा पत्रकार सम्मेलन गरी प्रतिवद्धता पत्र सार्वजनिक गरिएको छ ।
तिवद्धता घोषणा कार्यक्रममा नगर विकासका लागि घोषणा गरिएका मध्ये गौरवका दश कार्यलाई प्राथमिकता दिइएको बताइएको छ । जसमा टीकापुर पार्कलाई व्यवसायिककरण गर्ने, सनकट्टी र दौलतपुर घाटमा पक्की पुल निर्माण गर्ने, लगानी सम्मेलनमार्फत औद्योगिक क्षेत्र स्थापना गर्ने, हवाई मैदान सञ्चालन गर्ने मेयरका उम्मेदवार नवराज रावलले बताउनुभयो ।
रावलले दुव्र्यसनबाट मुक्त राख्न खेलकुद विकासका लागि बहुउदेश्यी कभर्डहल बनाउने, कोल्डस्टोर स्थापना, अस्पताल सुविधा सम्पन्न बनाउने लगायतका प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
उपप्रमुखका उम्मेदवार खडक शाहले जहिल्य हारेको टीकापुरलाई आजसम्म जिताउन नसकिएको बताउँदै टीकापुरलाई जिताउनका लागि गठबन्धनलाई विश्वास गरी जिताउन आग्रह गर्नुभयो ।
प्रतिवद्धता पत्रमा कृषि तथा आर्थिक विकासका लागि दुई गाउँ एक उत्पादनमा आधारित एकिकृत सामूहिक खेती विस्तार गरिने, कृषि संकलन केन्द्र स्थापना तथा कृषि एम्बुलेन्स सञ्चालन गरिने, सहकारीका माध्यमबाट कृषिजन्य उत्पादनको बजारीकरण गरिने उल्लेख छ । कृषि तथा आर्थिक विकासका लागि यान्त्रिकीकरण र व्यवसायिक खेतीको विस्तारको लागि प्रोत्साहन गरिने, निःशुल्कको माटो परीक्षण, पशु बिमा, कृषि बिमा, नगदेबाली बिमा कार्यक्रम संञ्चालन, टीकापुर पार्क, डल्फिन क्षेत्र, नगर क्षेत्रभित्र रहेका धार्मिक, साँस्कृतिक र पुरातात्विक स्थललाई स्तरोन्नति गरी पर्यटकीय गन्तव्य स्थल बनाइने, टीकापुर बजारलाई रातिसम्म सञ्चालन हुने वातावरण मिलाइने उल्लेख छ ।
टीकापुरलाई केराको पकेट क्षेत्र घोषणा गरिने, केराको बजारीकरणका लागि बहुआयामिक गुरुयोजना निर्माण गरी लागु गरिने, कृषि अनुदान कार्यक्रमलाई वास्तविक किसानको पहुँचमा पु¥याउन एकद्वार प्रणालीमार्फत् अनुदान उपलब्ध गराउने व्यवस्था गरिने, कृषि अनुसन्धान परिषद ९नार्क० को इकाई स्थापनाका लागि पहल गरिने, जडीबुटीको उत्पादन र विस्तारका लागि कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।
सामाजिक विकासतर्फ माध्यमिक तहसम्म अनिवार्य तथा निःशुल्क शिक्षाको व्यवस्था गरिने, हरेक वर्ष नगरपालिकाबाट एक एक जना डाक्टर र इञ्जिनियर अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गरिने, प्राविधिक शिक्षालाई मावि तहका विद्यालयहरुमा विस्तार गरिने, थारु तथा अन्य स्थानीय मातृभाषामा कक्षा ३ सम्म पाठ्यक्रम निर्माण गरी लागु गरिने उल्लेख छ ।
स्वास्थ्यतर्फ टीकापुर अस्पताललाई अत्याधुनिक सुविधा सम्पन्न, विशेषज्ञ सेवासहितको अस्पतालका रुपमा विकास गरिने, टीकापुर अस्पतालमा नर्सिंग अध्ययनको लागि व्यवस्था गरिने, नारायणपुर र धनसिंहपुरलाई लक्षित गर्दै नगर अस्पताल सञ्चालन गरिने, सबै नगरबासीलाई अनिवार्य स्वास्थ्य विमा कार्यक्रममा समावेश गरिने उल्लेख छ ।
गठनबन्धनले पूर्वाधार विकासतर्फ उज्यालो शहर निर्माण गर्न नगर क्षेत्रका मुख्य चोक तथा सडकहरुमा सिसि क्यामेरा, सडक बत्ती जडान गरिने, टीकापुर हवाई मैदान सञ्चालन, सनकट्टी र दौलतपुर घाटमा पक्की पुल निर्माण, अन्य पालिकासँग जोड्ने सडक सञ्जाल निर्माण, आन्तरिक र बाह्य चक्रपथ निर्माण, नगर बस सञ्चालन, नगरपालिका भित्रका ओपन स्पेशलाई उद्यान केन्द्रका रुपमा विकास, मुक्त कमलरीको स्तरोन्नती, व्यवस्थापन गर्न विशेष कार्यायोजना बनाइने, थारु समुदायको बडघर प्रथालाई सामाजिक र कानुनी मान्यता दिइने, कृषि उद्योग स्थापना गरी रोजगारीको सिर्जना, बृहत् ढल निर्माण तथा फोहोरमैला व्यवस्थापन गर्न फोहोरबाट मोहर कार्यक्रम सञ्चालन, अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्दै दलित, बाढी पिडित, भूमिहीन, टीकापुर विकास समितिका भु।पु।कमैया र कर्मचारी, सुकुम्बासी, मुक्त कमैयालाई भूमिको मालिक बनाउने नीतिलाई कार्यान्वयन गर्न गुरुयोजना निर्माण गरी एकीकृत नमूना बस्ती विकास गरिने उल्लेख छ । साथै, पहिलो आर्थिक वर्षलाई ग्राभेल वर्ष घोषणा गरी नगर क्षेत्रभित्रका सम्पूर्ण सडकहरुको ग्राभेल गरिने, अल्पसंख्यक, लोपोन्मुख सीमान्तकृत नागरिकहरुको संरक्षण, सम्बद्र्धन र विकासका लागि विशेष कार्यक्रम लागु र असहाय जेष्ठ नागरिकलाई तीर्थयात्राको व्यवस्था गरिन उल्लेख छ ।
त्यस्तै, वन, वातावरण र विपद् व्यवस्थापनतर्फ सरसफाईकर्मी तथा महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई अतिरिक्त सेवा सुविधाको व्यवस्था, ग्रिन टीकापुरः क्लिन टीकापुर बनाउन ग्रिनरी बेल्ट निर्माण, एक घरः एक रुख वृक्षारोपण कार्यक्रम सञ्चालन, फोहोर व्यवस्थानका लागि आवश्यक योजना बनाई कार्यान्वयन गरिने उल्लेख छ ।
संस्थागत विकास र सुशासनतर्फ सामाजिक कुलतलाई नियन्त्रण तथा निस्तेज गर्न विशेष कार्यक्रम सञ्चालन, गौशाला निर्माण गरी सामुदायिक पशुचौपाया व्यवस्थापन, टीकापुर नगरलाई भ्रष्टाचारमुक्त नगरपालिका घोषणा र मासिक रुपमा नगरपालिकाको आय व्यव सार्वजनिक गरिने उल्लेख छ ।
त्यस्तै खेलकुद तर्फ, विद्यालयस्तरबाट खेलाडी उत्पादनका लागि विशेष योजना, बहुउद्देश्यीय कभर्डहल निर्माण गरी खेल क्षेत्रको विकासका लागि स्र्पोट्स एकाडेमी स्थापना, टीकापुर क्षेत्रमा खुल्ला स्वास्थ्य व्यामशाला र चिल्ड्रेन पार्क निर्माण, प्रत्येक वडामा १ खेल मैदान निर्माण र नगरमा विभिन्न खेलका प्रशिक्षक नियुक्त गरिने उल्लेख छ ।
गठबन्धनमा तीन दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टी छन् । तीन दलिय गठबन्धनले मेयर, उपमेयर र १ नं। वडाध्यक्षमा गठबन्धन गरेको छ । बांकी वडामा भने आ–आफ्नै उम्मेदवारबीच स्वस्थ प्रतिस्पर्धा भइरहेको छ । कार्यक्रम प्रचारप्रसार समितिका संयोजक चेतमान केसीले सञ्चालन गर्नुभएको थियो ।