काठमाडौँ, २१ वैशाख । त्रिभुवन विमानस्थलमा उडान सुरु भएको छ। विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरले ११ बजेर १० मिनेटबाट नियमित उडान सुरु भएको जानकारी दिएका हुन्।
‘फोन गरेर बम राखेका छौँ भन्ने थ्रेट आएको थियो’, महानिर्देशक ठाकुरले भने, ‘शंकास्पद ठाउँ सर्च गर्दा केही नभेटिएपछि उडान सुचारु भएको छ।’
अहिले अवरुद्ध भएका उडानको समय सरेको छ।दिउँसो १ बजेसम्मको उडान भएका यात्रुलाई भित्र पठाउन थालिएको छ।
यसअघि शंकास्पद वस्तुको सूचनापछि विमानस्थलले सेवा रोकेको थियो। सेना र प्रहरीको बम डिस्पोजल टोलीले खोज अनुसन्धान गर्दा केही नभेटिएपछि सेवा पुनस् सुरु भएको विमानस्थल कार्यालयले जनाएको छ।