काठमाडौँ, २० वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीहरूको पर्व ईदको अवसरमा शुभकामना दिएका छन्।मंगलबार शुभकामना सन्देश जारी गर्दै भण्डारी र देउवाले शुभकामना दिएका हुन्।
आफ्नो शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले ईद पर्वले इस्लाम समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण र संवद्र्धन गर्न टेवा पुग्ने विश्वास व्यक्त गरेकी छन्।
राष्ट्रपति भण्डारीले जारी गरेको शुभकामना सन्देशमा इदले नेपालीहरूबीच राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यबद्धताको भावना सुदृढ गरी सभ्य, समुन्नत र समृद्ध समाज निर्माणका लागि प्रेरणा प्रदान गरोस् भन्ने कामना गरिएको छ।
त्यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले पनि शुभकामना सन्देशमार्फत इदको शुभकामना दिएका छन्।