काठमाडौँ, १९ वैशाख । वर्षाका कारण नेपाल र जिम्बावे ‘ए’ बीचको दोस्रो टी–२० अभ्यास खेल रद्द भएको छ।किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार खेल जारी रहँदा पानी परेपछि खेल रद्द गरिएको हो।अम्पायर विनय कुमार झा र राम पाण्डेले मैदान निरीक्षण गरेपछि खेल रद्द भएको बताएका हुन्।
वर्षाअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको जिम्बाबेले ४ दशमलव ३ ओभरमा २ विकेट गुमाएर ४८ रन बनाएको थियो।नेपाल पहिलो खेलमा पाहुना टोलीसँग ६ विकेटले पराजित भएको थियो। नेपालले तेस्रो टि–२० अभ्यास खेल बुधबार खेल्नेछ।