• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

चुनावले नछोएको दार्चुलाको यस्तो गाउँ, घरमा ताल्चा लगाएर कुञ्चा सर्दै स्थानीयवासी

दार्चुला, १६ वैशाख । व्याँस गाउँपालिका–१ छांगरुका स्थानीयवासी कुञ्चा सर्न थालेका छन्। भारतीय सरकारले छांगरु जान अनुमति दिएसँगै यहाँका स्थानीयवासी बुधबार कुञ्चा अर्थात् बसाइँ सरेका हुन्। छांगरुका स्थानीयवासीले बसाइँ सुरु गरेका छन्, तिंकरका स्थानीयवासी एक–दुई दिनभित्रै सर्ने तयारीमा रहेको व्याँस गाउँपालिका–१ का वडासचिव विनोद तिंकरीले बताए।

छांगरुपछि तिंकरको बसाइँ सुरु हुनेछ। यहाँका नागरिक छ महिना व्याँस गाउँपालिका–१ को छांगरु तिंकर तथा छ महिना सदरमुकाम खलङ्गा बसाइँ सर्ने गर्छन्। गत कात्तिक मङ्सिरमा खलङ्गा झरेका व्याँसीहरू यसपटक जेठ दोस्रो सातापछि कुञ्चा सर्न थालेका हुन्। भारतले अनुमतिपत्र जारी गर्न ढिलाइ गरेका कारण केही ढिलाइ भएको सचिव बुढाथोकीको भनाइ छ।

सदरमुकाम खलङ्गामा चुनावी माहोल सुरु भए पनि छांगरु तिंकरका स्थानीयवासी बसाइँ सर्न थालेका कारण गाउँ भने सुनसान छ। जिल्लाभरि नै चुनावी माहोल तातेको बेला यी दुई गाउँका नागरिक भने बसाइँसराइमा व्यस्त छन्। तिंकर र छाङरुका सौका समुदायका बासिन्दा हिउँदका छ महिना पशुचौपाया लिएर खलङ्गा आएका थिए। अहिले उनीहरु भारतीय बाटो हुँदै गाउँ सर्न थालेका छन्। अहिले तिंकर र छाङरुवासीका घरमा ताल्चा लागेका छन्। अब उनीहरु छांगरु र तिंकरतर्फ गएपछि मात्रै गाउँका ताला खुल्ने छ।

अहिले ७०० बढीको अनुमति जारी भएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले बताए। स्थानीय तह निर्वाचनका लागि व्याँस गाउँपालिका–१ मा दुई निर्वाचन केन्द्र तोकिएका छन्। निर्वाचन कार्यालय दार्चुलाका अनुसार तिंकरको मोती महिला सङ्घ आधारभूत विद्यालय केन्द्रमा २३१ र छांगरुको कैलाशवती आधारभूत विद्यालय मतदान केन्द्रमा ३७५ मतदाता छन्। छांगरु र तिंकरमा हेलिकोप्टरमार्फत मतपेटिका ढुवानी गरिने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। हेलिकोप्टरमार्फत मतपेटिका ढुवानी गरिन्छ। गाउँपालिका केन्द्रमा मतगणना हुन्छ, सहायक प्रमुख जिल्ला अधिकारी साउदले भने।

एक हजारभन्दा बढी कर्मचारी खटिए

स्थानीय तह निर्वाचनका लागि दार्चुलामा एक हजार बढी कर्मचारी प्रत्यक्षरूपमा खटिने भएका छन्। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्लाभरि एक हजार ८१ कर्मचारी खटिने भएका हुन् । नौ स्थानीय तहका ११० मतदानस्थल र १३९ मतदान केन्द्रमा कर्मचारी खटिने छन्। जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रदीपसिंह धामीका अनुसार जिल्लाभरि १३९ निर्वाचन अधिकृत, १३९ सहायक निर्वाचन अधिकृत, २४७ सहायक कर्मचारी, १३९ सहयोगी निर्वाचनमा खटिनेछन्। यस्तै सबै केन्द्रमा ४१७ स्वयंसेवक खटिने छन्।

“निर्वाचनमा खटिने कर्मचारीको विवरण मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाइएको छ, कुन क्षेत्रबाट कहाँ–कहाँ कर्मचारी खटाउने मुख्य निर्वाचन अधिकृतको अधिकार हो”, जिल्ला निर्वाचन अधिकारी प्रदीपसिंह धामीले भने। यसपटक सबैभन्दा बढी मतदान केन्द्र गोरीलमाण्डौ हिकिलामा छ। यहाँ तीनवटा मतदान केन्द्र छन्। जिल्लामा एक मतदानस्थल रहेको मतदान केन्द्र ८२, दुईभन्दा बढी मतदानस्थल रहेका मतदान केन्द्र २७ रहेका छन्। निर्वाचन कार्यालयले आवश्यक सबै प्रक्रिया पु¥याएको छ। अहिले दिनहुँ निर्वाचनको काम चलिरहेको उनले बताए।

 

शुक्रबार, बैशाख १६, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.