काठमाडौँ,१२ वैशाख। सुनको मूल्यमा गिरावट आएको छ। आइतबारको तुलनामा सोमबार प्रतितोला ३ सय रुपैयाँ घटेको हो।छापावाला सुन आइतबार १ लाख ५ सय रुपैयाँमा कारोबार भएकोमा आज १ लाख २ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै तेजावी सुन प्रतितोला ९९ हजार ७ सय कायम भएको छ।चाँदीको मूल्यमा समेत गिरावट आएको छ।सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भएकोमा आज १ हजार ३५० रुपैयाँ कायम भएको हो।