काठमाडौं, ९ वैशाख । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ । आजको बैठकमा स्थानीय चुनावका लागि उम्मेदवार टुंगो लगाउने मुख्य एजेण्डा थियो ।
दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित गरिएको हो । बैठकको नयाँ मिति र समय भने जानकारी गराइएको छैन ।सत्तारुढ गठबन्धनमा कांग्रेसलाई महानगरतर्फ ३ र ७ वटा उपमहानगरको प्रमुख भागमा परेको छ ।