धनगढी, ८बैशाख/नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन नभएका स्थानमा मित्रता पुर्वक निर्वाचनमा जान सकिने बाटो छोडेको बताएका छन् ।
कैलालीमा कार्यकर्तालाई सम्बोधन गर्न आएका अध्यक्ष प्रचण्ड धनगढी बिमानिस्थलमा पत्रकार संग कुराकानी गर्दे सो कुरा बताएको छन् ।
गठबन्धनभित्र समस्या देखिए स्वस्थ प्रतिस्पर्धाको ठाउँ पनि बाँकी राखेको प्रचण्डको भनाइ छ । तर गठबन्धनबीचको प्रतिस्पर्धा भन्दा तालमेलमा नै जोड दिइएको उनले बताए । प्रचण्डले आसन्न स्थानीय तह निर्वाचनमा प्रतिगमन विरोधी र प्रतिगमनका पक्षधरहरुको कित्ता क्लियर भएको बताए ।
‘चुनावी तालमेलको सिट बाँडफाँटमा देखिएको असन्तुष्टी केही दिनमै शान्त हुनेछन्’ अध्यक्ष प्रचण्डले भने–‘गठबन्धनभित्र धेरथोर असन्तुष्टिका स्वर सुनिनु लोकतन्त्रको सुन्दरता हो ।’ उनले भने, ‘निर्वाचनमा गठबन्धनभित्र मात्र होइन एउटै पार्टीभित्र पनि एउटाले टिकट पाएपछि केही न केही असन्तुष्टि देखापर्नु स्वाभावीक बताए । । गठबन्धनभित्र केही असन्तुष्टिका स्वर सुनिनु लोकतन्त्रको सुन्दरता भने पनि हुन्छ । ठूलो असन्तुष्टि केही छैन उनले भने ।
अर्को प्रशंगमा अध्यक्ष प्रचण्डले चुनावी तालमेलबारे नेपाली काँग्रेसमा देखिएको असन्तुष्टिले चुनावी परिणाममा कुनै फरक नपर्ने बताए । ‘काँग्रेसमा देखिएको असन्तुष्टिबारे सोधिएको प्रश्नमा उनले भने, ‘यसले परिणाममा केही फरक पार्दैन । एक दुई दिनभित्र ती सबै साथीहरु शान्त हुन्छन् । गठबन्धनको केन्द्रले बुद्धिमता पूर्वक निर्णय गरेको सबैले बुझ्नु जरुरी छ ।’
यस्तै उनले सुदूरपश्चिममा सबैतिर गठबन्धनबीच तालमेल हुने विश्वास गरे । ‘केन्द्रमा जसरी हामीले महानगर र उपमहानगरमा तालमेल गरेको छौं, त्यही मर्म र भावनालाई आत्मा साथ गरेर देशैभरी तालमेल गर्नेछौ’ उनले भने ।
हिजोका राजा महाराजासँगका शक्ति वा दलाल शक्तिहरूको गठबन्धन बनाउँदै छन् । कहिले ८ दल कहिले ९ दल भन्ने गरिएको छ, उनले भने, ‘अहिले दुई वटा गठबन्धन छन् । एउटा अग्रगमन, परिवर्तन र विकासका पक्षधरको गठबन्धन र अर्को यसलाई उल्ट्याउने कोशिस गर्नेहरुको पक्षधरबीच एजेन्डा भएको बताए ।
