धनगढी, ५ बैशाख/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सुदूरपश्चिमका आन्तिरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावलले मुस्लीम समुदायको अधिकार सुनिश्चित गर्ने पार्टी काँग्रेस भएको बताएका छन् ।
नेपाल मस्लिम संघले रमजानको अबसरमा धनगढीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सो कुरा बताएका हुन् । नेपाली काँग्रेसको स्थापना काल देखी नै मुस्लिम समुदायको सहभागिता भएको स्मरण गराउदै लोकतान्त्रीक मुल्य र मन्यता राख्ने पार्टी भएकोले सबैको अधिकार सुनिश्चित गर्ने समेत प्रतिबद्धता व्यक्त गरे । सबै जातजाती धर्म समुदायले नेपालको समृद्धी तर्फ लाग्नुपर्ने समेत उनले बताए ।