धनगढी, २८ चैत/कैलालीको घोडाघोडी नगरपालिकामा नेपाली काँग्रेसले चुनावी तालमेल नगर्ने निर्णय गरेको छ। सोमबार बसेको पार्टीको नगर कमिटीको पूर्ण बैठकले स्थानीय निर्वाचनमा घोडाघोडीमा गठबन्धन नगर्ने निर्णय गरेको हो।
काँग्रेस एक्लै बलियो भएकाले चुनावी गठबन्धन नगर्ने निर्णय भएको पाटीले जानकारी दिएको छ। महाधिवेशन प्रतिनिधि, प्रदेश, जिल्ला सदस्य तथा नगरभरीका क्रियाशील सदस्यहरूसँग छलफल गरेर गठबन्धन नगर्ने निर्णय गरेको नगर सभापति बमबहादुर सिंहले जानकारी दिए।
घोडाघोडी नगर समितिले उक्त निर्णयलाई केन्द्रीय कार्यालय सानेपा, जिल्ला कार्यालय धनगढी, क्षेत्रीय कार्यालय र प्रदेशसभा क्षेत्र नम्बर ३९ख० कार्यालय घोडाघोडीलाई पठाएको छ।