काठमाडौँ, २४ चैत । मन्त्रिपरिषदको नियमित बैठक बिहीबार अपरान्ह बस्ने भएको छ। अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो।
यो मन्त्रिपरिषद् बैठकले विभिन्न राजनीतिक नियुक्ति गर्ने सम्भावना छ। शुक्रबारदेखि आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन आचारसंहिता लाग्ने भएपछि सरकारले विभिन्न संस्थामा राजनीतिक नियुक्ति तयारी गरेको हो।
निर्वाचन आयोगले वैशाख ३० को ३५ दिन अगाडि अर्थात शुक्रबारदेखि आचार संहिता लागु गर्ने तयारी गरेको छ।आयोगले आचारसंहिता लागू गरिसकेपछि सरकारले राजनीतिक नियुक्ति गर्न पाउँदैन। त्यसैगरी नियमित सरुवा, बढुवासमेत तत्काललाई रोकिनेछन्।