धनगढी २० चैत/नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधबकुमार नेपालले वीन–वीनको अवस्थामा चुनावी तालमेल गर्ने बताएका छन् ।‘सकारात्मक सहमतीले जनता उत्साहित छाएको छ’ अध्यक्ष नेपालले भने,–‘तर जजविरोधीकोको निन्द्रा हराम भएको छ ।’
आइतबार समाजवादी प्रेस संगठनले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले गठबन्धनका बीचमा चुनावी तालमेल गरेर जाने सकारात्मक सहमतीले भएको छ । जनता उत्साहित भएको दाबी गर्दै जनविरोधीहरु जथाभावी बोल्न थालेको आरोप लगाएका छन् । उनले भने– बाम शक्ति र लोकतान्त्रिक शक्तिबीच गठबन्धन गरेर अगामी निर्वाचनमा जाने सहमतीले जनविरोधीहरु बिचलित भएका छन् ।
फरक प्रसंगमा बोल्दै अध्यक्ष नेपालले अहिले नेकपा समाजवादी पार्टीमा प्रवेश गर्नेहरुको लहर नै चलेको दाबी गर्दै प्रतिगामी शक्तिहरु त्यसलाई रोक्न न्वारनदेखिको बल लगाएर लागिपरेको बताए । तर समय आफ्नो प्रवाहको पक्षमा भएकाले उनीहरुको त्यो प्रयास सफल नहुुने दाबी उनको छ । संविधानको रक्षा र संघीयता जोगाउने काम एकीकृत समाजवादी पार्टीले गरेकाले सबैतिर प्रशंसा भइरहेको उनको जिकिर थियो ।
काँग्रेसले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागीता नभए निर्वाचनमा गठबन्धन नहुने बिषयमा उनले त्यो गठबन्धन बिच सहमति भएर अघाडी बढ्ने बताए । कसै एक एउटा व्यक्तिको विचारले काँग्रेसको केन्द्रमा भएको सहमति असर नपर्ने समेत बताए ।
सुदूरपश्चिममा हाम्रो दल ठुलो छ सबै सुहाउदो प्याकेजमा सहमति हुनुपर्ने अध्यक्ष नेपालको धारणा व्यक्त गरेका छन् । आइतबार बिहान धनगढी आएका एकीकृत समाजवादीका अध्यक्ष नेपाल कञ्चनपुरको वेदकोट नगरपालिकामा आयोजना हुने पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् । त्यहाँ नेकपा एमालेबाट निर्वाचित वेदकोट नगरपालिकाका मेयर अशोककुमार चन्दसहित ठूलो संख्यामा जनप्रतिनिधि र नेता कार्यकर्ता प्रवेश गर्ने कार्यक्रम रहेको एकीकृत समाजवादीले जनाएको छ ।