धनगढी, १६ चैत/ सुदूरपश्चिम प्रदेशका दुई प्रतिपक्षी दल नेपाली काँग्रेस र एमाले एकै ठाउमा उमिने भएका छन् । बुधबार नेपाली काँग्रेस संसदीय दल धनगढीमा काँग्रेस र एमालेका प्रदेश संसद बिच सरकारका बिपक्षमा एकमत हुने टुङ्गोमा पुगेका छन् ।
केन्द्रमा काँग्रेस, नेकपा माओवदी केन्द्र र नेकपा समाजबादी दल बिच गठबन्धन भएपनि सुदूरपश्चिम सरकारमा भने काँग्रेस सरकार बाहिर प्रमुख प्रतिपक्षी दल बनेर बसेका छन् ।
काँग्रेस सुरुवाद देखी नै सुदूपश्चिम प्रदेश सरकारमा रहदै आएको छ । सुदूरपश्चिम प्रदेश सभामा नेकपा समाजबादीका १४, नेकपा माओवादी केन्द्र १३, नेपाली काँग्रेस १२, नेकपा एमालेका १०, जसपा १ र लोसपा १ प्रदेश संसदलहरुले प्रतिनिधित्व गर्दै आएका छन् ।
सुदूरपश्चिम प्रदेशमा ६ राजनीतिक दलहरुको प्रतिनिधत्व रहदै आएको छ । अहिले समाजबादी र माओवादी दलको संयुक्त सरकार रहेको छ । सरकारको नेतृत्व माओवादीले गर्दै आएको छ । केन्द्रमा गठबन्ध भएपनि सुदूरपश्चिममा आफ्नो सहभागिता नभएको भन्दै काँग्रेस रुष्ट रहदै आएको छ । त्यसैले पनि काँग्रेस अहिले सत्ताका लागि चलखेल गर्दै आएको छ । बुधबार काँग्रेस र एमाले बिचको छलफललाई अर्थपुर्ण तरिकाले हेरिएको छ ।
सरकारलाई सर्मथन मात्रै गरेर बस्न नसक्ने मुडमा अहिले काँग्रेस पार्टी देखिएको छ । ‘हामीले सर्मथ मात्रै गरिबस्ने होईन’ नेपाली काँग्रेसका प्रदेश संसद भरत खडकाले भने–‘अब हामी केन्द्रको भन्दा पनि प्रदेश स्तरिय गठबन्धन गर्ने हो ।’ सरकार एकतर्फ रुपमा काम गर्दै आएको छ त्यसको भगिदार हामी किन बस्ने खड्काको आरोप छ । उनीहरु सत्ता गठबन्धन तोडेर नयाँ समिकरणका साथ आगाडी बड्ने देखिएको छ । मंगलबार नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशको संसदीय दलको बैठकबाट नै सरकार बिरुद्ध गठबन्धन बनाउने निर्णय गरिसका छन् । ‘संसदीय दलको बैठकबाट नै हामीले यो निर्णयमा पुगेका हौ’ नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता डा रणबहादुर रावलले भने–‘सुदूरपश्चिम सरकार चलाउन नयाँ समिकरण बन्छ ।’
एमाले पनि अहिले प्रतिपक्षीमा बसेकोले काँग्रेसको साथ पाउदा सरकारको बिरोध गर्ने शक्ती बलियो हुने पक्षमा रहेको छ । अहिले काँग्रेस र एमाले पनि संयुक्त रुपमा एक भएर संसदमा प्रस्तुत हुदा सरकार पक्ष पनि सशंकित भएको छ । ‘प्रतिपक्षीमा काँग्रेस एमालेको एजेन्डा एक छ’ एमालेका प्रदेश संसद लिलाधर भट्टले भने–‘सरकारका गलत प्रबृतीका बिरुद्ध शसक्त भएर अघाडी बढ्ने सहमति भएको छ ।’ हाम्रो दुबै प्रतिपक्षीको साँझा धारण छ भट्टले छलफलबाट पनि त्यही निश्कर्ष निकालेका छौ ।’
नेपाली काँग्रेसबाट प्रदेश संसद डिल्लीराज पन्त, भरतबहादुर खड्का र अम्बिी थापा, एमालेबाट प्रकाशबहादुर शाह, लिलाधर भट्ट, हर्कबहादुर कुँवर र बलदेब रेग्मी बिच संयुक्त छफल भएको थियो ।