धनगढी, ९ चैत/नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा प्रभावशाली नेतृ डा. अरजु राणा देउवाले केपीओलीले बिगारेको देश देउवाले सपारेको बताएकी छन् । केपी ओलीले दुई तिहाईको सरकार समेत चलाउन नसक्दा शेरबहादुर देउवाले सबैलाई मिलाएर देश सही दिशामा अघाडी बढाएको उनले बताईन् ।
नेपाली काँग्रेस कैलालीको कार्यक्रममा बुधबार धनगढीमा कार्यकर्ता सम्बोधन गर्दै नेतृ देउवाले सो कुरा बताएकी हुन् । ‘जनताले दुई तिहाई दिएर सरकारको नेतृत्व दिएको थियो’ नेतृ रणाले भनिन् –‘जनताको मतको रक्षा गर्न नसक्दा अन्तिममा काँग्रेसले समाहल्नु पर्ने अबस्था आयो ।’
सबै बिचारलाई मिलाउन सक्ने क्षमता भएर नै देशको कार्यभार काँग्रेसको काँधमा आएको उनले बताईन् । सबै बिचारलाई समेटेर लैजान खुबी काँग्रेसकै मात्र भएर धैर्यभएर अबको निर्वाचनमा एकजुट भई जनमत सृजना गर्न सबैलाई आग्रह गरिन् ।
भर्खरै कैलालीको जिल्ला कार्यसमितिमा नयाँ टिम आएकोले धेरै जिम्मेबारी काधमा आएको बताउदै तिन तहकै निर्वाचनमा आफ्ना उम्मेदबार जिताउन लाग्न नेतृ राणाको आग्रह थियो । नयाँ टिम नयाँ जोशका साथ कार्यकर्तामा माँझ एजेन्डा लिइएर जानअनुरोध गरिन् ।