धनगढी ५ चैत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा धनगढी उपमहानरपालिकाका मेयर नृपबहादुर वडले काँग्रेसले गरेको बिकासलाई हामीले मार्केटिङ्ग गर्न नसकेको बताएका छन् ।
शनिबार धनगढी उपमहानगरपालिका वडा न –६ मटियारीमा नेपाली काँग्रेसको एक दिवसीय प्रशिक्षण तथा सचिवालय उद्घाटन कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य वडले सो कुरा बताएका हुन् ।
कम्न्युष्टहरु थोरै काम गर्छन् हल्ला धेरै गर्छन् तर, काग्रेस काममा बढी बिश्वास गर्ने पार्टी भएकोले सबैलाई अब काँग्रेसले गरेका बिकसको प्रचारमा जुट्न समेत कार्यकर्ताहरुलाई उनले आग्रह गरे ।
‘काँग्रेसले बिकास धेरै गरेका छन् तर हामी जनतालाई त्यसको बारेमा जानकारी दिन सकेका छैनौ’ केन्द्रीय सदस्य वडले भने–‘कम्न्युष्टलाई त सरकार चलाउन जिम्मेबारी दिएका थिौ नी, सकेनन् ।’ कम्न्युष्ट सरकार केपी वलीले चलाउन नसकेपछि काँग्रेसले सम्हालेको उनले बताए । अहिले सम्म बिकासको युगनै काँग्रेसका सरकारमा भएका समयमा भएको केन्द्रीय सदस्य वडले दाबी गरे ।
‘धनगढी उपममहानगरमा काँग्रेसकै सरकार भएकोले थुप्रै बिकास गरेको छ’ केन्द्रीय सदस्य वड भने–‘अहिले बाकी र अधुरा रहेका योजना बिकस पुरा गर्न काँग्रेसलाई जिताउन सबैलाई आग्रह गरे ।’
नेपाली काँग्रेस धनगढी उपमहानगरपालिका वडा नम्बर ६ का सभापति धिरेन्द्र शाहीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा धनगढी उपमहानगरपालिका का मेयर नृप वड प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा प्रदेश सभा सांसद डिल्ली राज पन्त, महासमिति सदस्य निपा चोखाल, जिल्ला सचिव नृप सुनार, सह–सचिव राम समझ राना, जिल्ला सदस्य तपेन्द्र भुसाल, क्षेत्रीय सदस्य कौसिल्ला बिक, निता चन्द शाही, कैलाली क्षेत्र नं ५ ख का सचिव कलेन्द्र शाही, नगर सभापति यज्ञ राज उपाध्याय, महिला सङ्घका नगर सभापति जागृति बोगटी, नगर सचिव डन्डी राज सुवेदीलगायत वडा नम्बर ६ बाट क्षत्रिय प्रतिनिधि, वडा कार्यसमिति, टोल कार्यसमितिका सम्पूर्ण क्रियाशील सदस्य तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको सञ्चालन वडा सचिव नरेश नेगीले गरेको हुन् ।