धनगढी, १५ फागुन/नेपाली काँग्रेस कैलालीको नयाँ नेतृत्वका लागि मतदान धनगढीको रंगशालमा हुने भएको छ । मतदानका लागि सम्पुर्ण तयारी पुरा भएको निर्वाचन अधिकृतले जनाएको छ ।
अहिले उम्मेदबार बिच मतदानका प्रकृया र आचारसहितका बिषयमा छलफल भैरहेको छ । २३ वटा बुथ रहेको मतदान कार्यक्रमा पाँचवटा पत्र रहनेछन् । सभापति, पदाधिकारी, सदस्य भुगोल, सदस्य समाबेशी र महासमिति सदस्य गरी पाँच मतपत्र रहने छन् ।
महासमिति सदस्य सहमती प्रकृयामा छनोट भैसकेका निर्वाचन क्षेत्रका लागि भने चार मतपत्र मात्रै रहने निर्वाचन अधिकृत टेकप्रशाद सुबेदीले जानकारी दिए ।
अहिले उम्मेदबार बिच मतदानका प्रकृया र आचारसहितका बिषयमा छलफल भैरहेकोले यो सकिने लगतै मतदान प्रकृयामा जाने अधिकृत सुबेदीले जानकारी दिए ।
यस्तो छ तयारी (फोटो फिचर)




