• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

एमाले अध्यक्ष ओली प्रधानमन्त्री देउवा भेट्न बालुवाटारमा

काठमाडौँ १० फागुन/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवासँग वार्ताका लागि बालकोटबाट बालुवाटारतिर निस्किएका छन्।

ओली केही बेरअघि देउवासँग वार्ताका लागि बालुवाटारतर्फ गएको उनका प्रेस संयोजक रामशरण बजागाईँले जानकारी दिएका छन्। ुप्रधानमन्त्रीसँग सम्वादका लागि अध्यक्षज्यू अन्य नेताहरुसहित बालुवाटार जानु भएको छु, उनले भने, त्यहाँ एमसीसीसहित अन्य समसामयिक विषयमा दुईजनाबीच कुरा हुनेछ।

संसदमा पेश भएको अमेरिकी सहायता परियोजना एमसीसी पास गराउने दौडधूपमा सत्तारुढ नेपाली कांग्रेस रहेका बेला ओलीलाई देउवाले बालुवाटार बोलाएका हुन्।एमसीसी टेबल भए पनि सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले पास गराउने पक्षमा मत दिन नसक्ने बताइरहेका बेला संसदको ठूलो दलसँग कांग्रेसले संवाद बढाएको हो।

आइतवार संसदमा एमसीसी टेबुल भएकै दिन दुई नेताबीच वार्ता हुने तयारी थियो। तर प्रदर्शनकारीहरूले ओली सवार गाडीमा पनि ढुंगा हानेपछि दुई नेताको भेट रोकिएको थियो।संसदमा एमसीसी पास हुनुअघि गत फागुन ५ मा ओलीसँग वार्ताका लागि देउवा बालकोट पुगेका थिए। पत्नी आरजुसहित पुगेका देउवालाई ओलीले पहिले गठबन्धन तोडेमा आफू सहकार्य गर्न तयार रहेको बताएका थिए।

फागुन ५ को बिहान देउवाले डा। मिनेन्द्र रिजाललाई ओलीसँग वार्ताका लागि बालकोट पठाएका थिए। त्यससँगै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि ओलीसँग टेलिफोन वार्ता गरेका थिए।सोमबार मात्रै एमसीसी पास गराउनका लागि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारुढ दलका तीन शीर्ष नेतासँग वार्ता गरेका थिए।

अहिले प्रधानमन्त्री देउवा एमसीसी पास गर्ने विकल्प खोजिरहेका छन्। उनी सकेसम्म सत्तारुढ दलबाटै एमसीसी पास गराउने योजनामा छन्।तर माओवादी र समाजवादीले पक्षमा मतदान गर्ने ग्यारेन्टी नभएमा उनी एमालेको साथ लिएर पनि एमसीसी पास गर्ने दाउमा छन्। तर उता प्रमुख प्रतिपक्षी दलका नेता ओली गठबन्धन टुटाउने शर्तमा ओलीलाई सघाउन तयार भएका छन्। तर देउवाले गठबन्धन टुटाउने सम्भावना कम रहेको सत्तारुढ नेताहरु बताउँछन्।

मंगलबार मात्रै कांग्रेस महामन्त्री गगन थापाले चितवन पुगेर एमसीसीको पक्षमा मतदान नभएमा सत्तारुढ गठबन्धन तोडिने बताएका छन्। उनले एमसीसीको पक्षमा सत्तारुढ सबै दल एक नभएमा गठबन्धन भनेर कांग्रेस बस्न नसक्ने चेतावनी दिएका छन्।

मङ्गलबार, फागुन १०, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.