काढमाडौँ, २६ माघ । नेपाली बजारमा बुधबार पनि सुनको मुल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार मंगलबारको तुलनामा सुनकोमुल्यतोलाको ३ सय रुपैयाँले बढेको हो।
यससँगै छापावाल सुनको मुल्य प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा पुगेको छ।
त्यस्तै तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा पुगेको छ। बुधबार चाँदीको मुल्यपनि प्रतितोला २० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १२८० रुपैयाँमा कारोबार भइरहेको छ